PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पाँचथर हत्याकाण्ड: एकैजनाले लिए नौजनाको ज्यान ! कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल जाँदै



पहिलोपोस्ट

पाँचथर हत्याकाण्ड: एकैजनाले लिए नौजनाको ज्यान ! कुकुरसहितको विशेषज्ञ टोली घटनास्थल जाँदै

काठमाडौं: पाँचथरको मिक्लाजुङ्मा भएको घटनामा एक जनाको मात्र स‌ंलग्नता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।हत्याकाण्डको छानबिनको लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट घटनास्थल पुगेका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले अहिलेसम्म एक जनाको स‌लग्नता खुलेको बताए। 

'सामुहिक भन्ने देखिँदैन। एक जनाले नै गरेको स्थानीयको बयान र अन्य जानकारीबाट खुलेको छ। थप अनुसन्धान गरिरहेका छौै,' डिएसपी कुँवरले भने।

इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक तेजनारायण यादवले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार अहिले प्रहरी हत्याराको बारेमा स्थानीयहरुसँग सोधपुछ गर्ने काम गरिरहेको छ। 

बिहान सवा ६ बजे घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय, रविबाट प्रहरी निरीक्षकको टोली घट्नास्थलमा पुगेको थियो। 'हामीले घट्नास्थलमा हेर्दा चारजनाको परिवारमा तीन जना पुरुष र एक महिलाको काटेर हत्या गरेको देखिएको छ,' यादवले भने, 'अर्को घटनामा एकजना भागेर बाँच्न सफल भएकी छन्।' घटनास्थलबाट भाग्न सफल भएकी बालिकाले एकजना नकाबधारी मान्छे मात्र देखेको बताएको यादवले जानकारी दिए।

'हत्याराको पहिचान भइसकेको छैन,' यादवले भने 'नकाबधारी भएकोले पनि पहिचानमा गाह्रो भएको छ, स्थानीयसँग सोधपुछ जारी छ।'

'ढोका खोल्नेबित्तिकै सिधै आक्रमण गरिहाल्यो, मखुण्डो लगाएको मान्छे थियो, म भागिहालेँ', घाइते बालिकालाई उद्धृत गर्दै प्रहरी निरीक्षक यादवले बताए। घाइते बालिकालाई अहिले उपचारको लागि दमक पठाइसकिएको छ।

प्रहरीले घटना रिसिइवीको कारणले पनि हुनसक्ने भएकाले आफन्तसँग पनि सोधपुछ गरिरहेको छ। घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको तालिम प्राप्त कुकुर समेत झिकाइएको छ। ' हामीले अनुसन्धानको लागि एक्पर्ट टीम झिकाएका छौं,' डिएसपी कुवँरले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell