PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

२०३८ पछि सबैभन्दा बढी आर्थिक वृद्धिदर यसै वर्ष, आगामी वर्षको बजेटले विकासको गियर झनै बढाउँछ : प्रम ओली



२०३८ पछि सबैभन्दा बढी आर्थिक वृद्धिदर यसै वर्ष, आगामी वर्षको बजेटले विकासको गियर झनै बढाउँछ : प्रम ओली

धादिङः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी बर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन्।

धादिङको गल्छीमा आज मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जेठ १५ मा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत हुन्छ। यसले देश विकासको गियर परिवर्तन गर्छ। देश विकासको गति दुई गियरमा छ भने तीनमा पु¥याउँछ। तीनमा छ भने चारमा पुर्‍याउँछ।’ 

प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथर देखि अन्तिम विन्दु बैतडीसम्म सुचना महामार्गको बिस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताएको प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ। ‘हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘सुचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ।’

प्रधानमन्त्री ओलीले सरकारले विकास, शिक्षा, स्वास्थ्य आदि क्षेत्रमा सामान्य सुधारमात्र नभइ आमूल परिवर्तन गर्न चाहेको धारणा राखे। ‘सरकारले साविक जस्तै काम गरेर दिन कटाउने हैन  विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले २०३८ सालपछि सबैभन्दा बढी आर्थिक बृद्धिदर यसै बर्ष भएको बताएका छन्। सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। ‘हामी केही बर्षभित्रै नेपाललाई तीव्र विकास हुने देशमा रुपान्तरण गर्दैछौं,” प्रधानमन्त्री ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell