PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आर-२० मा सहभागी हुन भियना जाँदै उपराष्ट्रपति पुन



विधुर ढकाल

आर-२० मा सहभागी हुन भियना जाँदै उपराष्ट्रपति पुन

काठमाडौं : उपराष्ट्रपति नन्दबहादुर पुन अर्को साता युरोपेली मुलुक अष्ट्रिया जाने भएका छन्। अष्ट्रियाको भियनामा हुने जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन भियना जाने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले भ्रमणको तालिका र प्रयोजन सार्वजनिक गरिसकेको छैन। 'भ्रमण हुँदै छ,' परराष्ट्र स्रोतले भन्यो, 'केही दिनमा नै तालिका सार्वजनिक होला।'

उपराष्ट्रपति कार्यालय स्रोतका अनुसार पुन यही जेठ १२ गते देखि १८ गतेसम्म अष्ट्रिया जाने कार्यक्रम छ।

उपराष्ट्रपति पुन भियनामा जलवायु परिवर्तन सम्बन्धी 'रिजन्स अफ क्लाइमेट एक्सन' आर-२० अष्ट्रियन वर्ल्ड समिटमा सहभागी हुनेछन्। सम्मेलन २८-२९ मे (जेठ १४ र १५)मा हुने छ।

उपराष्ट्रपति पुन सम्मेलनको पहिलो फोकस सत्रमा प्यानलिस्टका रुपमा सहभागी हुनेछन्।

उनले 'राइजिङ एम्विसन एक्सन फर क्लाइमेट' को पहिलो छलफल सत्र 'क्लाइमेट लिडरसीप'मा सम्बोधन गर्नेछन्। यो सत्रमा उपराष्ट्रपति पुनसँगै हंगेरीका राष्ट्रपति जानोस अडेर, घानाका राष्ट्रपति नाना अकुफो अड्डो, मोजाम्विकका राष्ट्रपति फ्लिपे न्यूसी र लाटभियाका राष्ट्रपति रेइमण्ड भेजोनिस सहभागी हुनेछन्। त्यस्तै यो सत्रमा विश्व बैंकका सिइओ क्रिस्टालिना जर्जियभा र फ्रान्सका जैविक तथा समावेशी मन्त्रालयका सेक्रेटरी अफ स्टेट पनि प्यानलिस्टको रुपमा सहभागी हुनेछन्।

यो सत्रको सहजिकरण पत्रकार मेलिन्डा क्रेनले गर्ने छन्। उनी जर्मन टेलिभिजन डि डब्लु टिभीका प्रमुख राजनीतिक सम्बाददाता हुन्।

यो सम्मेलनमा अन्तरिक्षबाट अमेरिकी अन्तरिक्ष यात्री स्कट केलीले अन्तरिक्षबाट देखिने दृश्यको प्रत्यक्ष जानकारी दिनेछन्। उनले 'भ्यू फ्रम स्पेस' सत्रमा सहभागिता जनाउँदै छन्।

यता भियना स्थित नेपाली दूतावासले उपराष्ट्रपति पुनको स्वागतको तयारी गरिरहेको छ। दूतावासले १४ गते उपराष्ट्रपति पुनको सम्मानमा कार्यक्रम आयोजना गर्दै छ। भियना स्थित हिल्टन भियना डानुवे वाटरफ्रन्टमा उपरराष्ट्रपति पुनको सम्मानमा कार्यक्रम आयोजना गरिएको भियना स्थित नेपाली दूतावासले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell