PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

‘रातो टीका निधारमा' बाट अंकित शर्माको डेब्यु, साम्राज्ञी र नीता पनि फिल्ममा



‘रातो टीका निधारमा' बाट अंकित शर्माको डेब्यु, साम्राज्ञी र नीता पनि फिल्ममा

फिल्म ‘रातो टीका निधारमा’ को औपचारिक घोषणा गरिएको छ। आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘रातो टीका निधारमा’को औपचारिक घोषणा गरिएको हो।

फिल्मलाई अशोक शर्माले निर्देशन गर्नेछन् भने यसै फिल्मबाट शर्माको छोरा अंकित शर्माले नेपाली रजतपटमा डेब्यु गर्दैछन्। अंकितले मलेसियाबाट ‘डिजिटल फिल्म एण्ड टेलिभिजन’ कोर्षमा स्नातक गरेका छन्। अशोकले आफ्नो छोरालाई फिल्ममा डेब्यु गराउने समय आएकोले फिल्ममा अनुबन्धित गराएको भन्दै छोराले आफ्नो भूमिकालाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।  

पहिलो फिल्ममा अंकितले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग अभिनय गर्ने अवसर प्राप्त गरेका छन्।

यस्तै, फिल्ममा नीता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, खुश्वु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायत कलाकारको अभिनय रहनेछ।

यो फिल्मको नाम ‘अल्लारे’ फिल्ममा समावेशी गीत ‘रातो टीका निधारमा’ बाट तय गरिएको हो। आगामी दशैँमा रिलिज गरिने फिल्मको छायांकन जेठ १० गतेबाट सुरु हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell