PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेटवर्किङ ठगीमा भारतीय समूह सक्रिय : फेरि समातिए ८ जना



पहिलोपोस्ट

नेटवर्किङ ठगीमा भारतीय समूह सक्रिय : फेरि समातिए ८ जना

काठमाडौः प्रहरीले नेपालमा आएर अवैध नेटवर्किङ व्यवसाय गर्ने ८ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले आइतबार दिउँसो बबरमहलबाट छ जना र ठमेलस्थित होटेल वैशालीबाट दुई गरी आठ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश घर भएका तेजनारायण शुक्ला, मोहमद सेयाफ, रवि तिवारी, मोहमद जिया, नितिन श्रीवास्तव, भारत प्रयागराजका अटल त्रिपाठी, राजेशकुमार शुक्ला र कुशीनगरका नुरुलएन वारसी रहेका छन्।

प्रहरीले वैशाली होटेलको कोठा नम्बर ३१०२ मा चेक गर्दा ३३ लाख ५० हजार नेपाली रुपैयाँ र बबहरमलबाट ८ लाख ५० हजार रुपैयाँ गरी ४२ लाख रुपैयाँ फेला पारेको महाशाखाका एसपी केदार ढकालले जानकारी दिए।

उनीहरूले साइन गुप्रको नामबाट अवैध नेटवर्किङ गरेको खुलेको छ। नेपालीहरूलाई ग्राहक बनाएर कम्पनीमा २५ सय, ५० हजार र १० हजार डलर जम्मा गरेमा कम्पनीबाट प्रत्येक महिना ६ प्रतिशत रकम थप भनी प्रलोभन देखाएर ठगी गरेको खुलेको छ।

प्रहरीले गत वैशाख २८ गते दरबामार्गस्थित याक एण्ड यति होटेलबाट १२ जना भारतीय नागरिकलाई अवैध नेटवर्किङ गरेको अभियोगमा नियन्त्रणमा लिएको थियो। उनीहरूले नेटवर्किङ व्यवसायको नाममा तीन जना नेपालीबाट १ करोड २३ लाख रुपैयाँ ठगी गरेको खुलेको छ।

‘अगाडि पक्राउ परेका समूह र यो एउटै देखिन आएको छ। थप अनुसन्धान गरिरहेका छौं,' एसपी ढकालले भने।

यसअघि पक्राउ पर्नेमा साइन ग्रुपका डाइरेक्टर रसिद नसिम, मोहम्मद साइजिल, अजितकुमार सिंह, निरजकुमार मिश्र, अशोक कुमार, गिरिश उपाध्याय, रमेश राम, आयुश उपाध्याय, सुनिल उपाध्याय, कसिफ सकिल, गजेन्द्रकुमार सिंह, महेन्द्र सिंह रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell