PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कान्सको रेड कार्पेटमा प्रियांका र निकको रोयल लुक्स



कान्सको रेड कार्पेटमा प्रियांका र निकको रोयल लुक्स

बलिउड अभिनेत्री प्रियांका चोपडा स-सानो कुराले गर्दा पनि चर्चामा आउने गर्दछिन्। केही साता अघि न्यूर्योकमा सम्पन्न भएको ‘मेट गाला २०१९’ मा उनले लगाएको पहिरन र हेयर स्टाइलको पनि निकै चर्चा भयो।

चर्चाको साथसाथै उनी ट्रोलको शिकार समेत भएकी थिइन। सामाजिक सञ्जालमा उनको पहिरन र हेयर स्टाइललाई लिएर थुप्रै ट्रोलहरु बने।

हालै उनी विश्वको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘कान्स’ मा सहभागी हुन पति निक जोनसको साथमा फ्रान्स पुगेकी छन्। उक्त फिल्म फेस्टिभलमा सहभागी हुनको लागि हलिउड देखि बलिउडसम्मका कलाकारहरु फ्रान्स पुगिसकेका छन् ।

शनिबार उक्त फिल्म फेस्टिभलमा प्रियांका र निक रेड कार्पेटमा देखिएका थिए। हलिउडमा समेत आफ्नो अभिनयका कारण चर्चामा आएकी प्रियांका सेतो नेट रोयल लङ गाउनमा सजिएकी थिइन्।

यस्तै निक पनि सेतो सुटमा सजिएका थिए। प्रियांका चोपडा कान्समा पहिलो पटक पुगेकी हुन्। अन्तर्र्राष्ट्रिय मिडियाले उनीहरुको पहिरनलाई रोयल लुकको संज्ञा दिएका छन्।  

१४ मे बाट सुरु भएको ‘कान्स फिल्म फेस्टिभल’ मा प्रियंका चोपडासँगै कंगना रनावत, दिपिका पादुकोण, एश्वर्य राय लगायतका बलिउड अभिनेत्रीहरुले सहभागी भइसकेका छन्। 

कान्समा सहभागी हुन नेपालको प्रतिनिधित्व गर्दै प्रियंका कार्की पनि फ्रान्स पुगेकी छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell