PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मेसीले गरे टेल्मो जाराको कीर्तिमान बराबरी, यी हुन् ला लिगाका उत्कृष्टहरु



पहिलोपोस्ट

मेसीले गरे टेल्मो जाराको कीर्तिमान बराबरी, यी हुन् ला लिगाका उत्कृष्टहरु

स्पानिस ला लिगा २०१८-१९ को सबै खेलहरु सकिएको छ। यसअघि नै ट्रफी आफ्नो बनाइसकेको बार्सिलोनाले लिगको अन्तिम खेलमा आइवरसँग २-२ को बराबरी खेल्दै सिजन अन्त्य गरेको छ।

उक्त खेलबा बार्सिलोनाको लागि दुई गोल गरेका कप्तान लियोनल मेसीले कीर्तिमान कायम गरेका छन्।

उनले ला लिगामा ६ सिजन सर्वाधिक गोल गर्ने टेल्मो जाराको कीर्तिमान बराबरी गरेका हुन्। यस सिजन मेसीले ३६ गोल गर्दै ६ सिजन सर्वाधिक गोल गर्नेमा जारासँगै कीर्तिमान राखेका हुन्।

जारा १९४४-४५, १९४५-४६, १९४६-४७, १९४९-५०, १९५०-५१, १९५२-५३ मा सर्वाधिक गोलकर्ता बनेका थिए।

यस्तै मेसीले २००९-१०, २०११-१२, २०१२-१३, २०१६-१७, २०१७-१८ र २०१८-१९ मा सर्वाधिक गोलकर्ता बनेका हुन्।

ला लिगाको सर्वाधिक गोलकर्ता बनेका मेसीले छैटौँ पटक पिचिचि अवार्ड पक्का गरेका छन्। मेसीले ला लिगमा सर्वाधिक ४१८ गोल समेत गरेका छन्।

मेसी र जारा बाहेक अल्फ्रेडो डि स्टेफानो, क्विनी र ह्युगो सान्चेजले ५-५ पटक यो अवार्ड जितेका छन्।

यसैगरी उत्कृष्ट गोलकिपरले पाउने जामोर ट्रफी एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले रक्षा गरेका छन्। उनले यस सिजन खेलेका ३७ खेलमा २७ गोल मात्र खाए। बोब्लाकले लगातार चार सिजन यो अवार्ड जितेका हुन् र यस्तो उपल्बड्ढी हात पार्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि बार्सिलोनाको भिक्टो भाल्डेजले लगातार चार पटक यो अवार्ड जितेका थिए।

ला लिगामा धेरै गोल गर्ने स्पानिस खेलाडीको अवार्ड आएगो असपासले जितेका छन्। सेल्टा भिऊवबाट खेलेका उनले २७ खेलमा २० गोल गरे। उनले तेस्रो पटक यो सफलता हात पारेका हुन्।

यस्तै उत्कृष्ट प्रशिक्षकलाई दिइने मिगुएल मुनोज अवार्ड गेटाफेका प्रशिक्षक जोस बोर्डालसले प्राप्त गर्ने मार्काले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell