PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

इटालियन सिरि ए : एटलान्टासँग युभेन्ट्सको बराबरी



पहिलोपोस्ट

इटालियन सिरि ए : एटलान्टासँग युभेन्ट्सको बराबरी

इटालियन सिरी ए अन्तर्गत यसअघि नै च्याम्पियन बनिसकेको युभेन्ट्सले एटलान्टासँग बराबरी खेलेको छ।

मारियो मान्डुकिचले खेलको ८०औँ मिनेटमा गोल गरेपछि युभेन्ट्सले खेल बराबरी गरेको हो। त्यसअघि जोसिप इलिसिसले ३३औँ मिनेटमा गोल गर्दै एटलान्टाले खेलमा पहिले अग्रता लिएको थियो।

इन्जुरी टाइममको अन्त्यतिर फेडेरिको बर्नार्डेसीले रातो कार्ड पाएपछि युभेन्ट्सले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो।\

यस सिजन एक महिनाअघि नै लिग जितिसकेको युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो अलेग्रीको लागि घरेलु मैदानमा यो अन्तिमक खेल समेत हो। खेलपछि युभेन्ट्सलाई च्याम्पियन ट्रफी प्रदान गरिएको थियो।

युभेन्ट्सले लगातार आठौँ पटक सिरी ए को उपाधि जितेको हो।

लिग च्याम्पियनलाई बराबरी रोक्दै तेस्रो स्थानमा उक्लेको एटलान्टाले अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम राखेको छ।

इन्टर मिलान समान ६६ अंक भएपनि हेड टु हेडको आधारमा एटलान्टा अगाडि रहेको हो।

इन्टरलाई दोस्रो स्थानको नापोलीले ४-१ ले पराजित गरेको हो।

च्याम्पियन युभेन्ट्सको ३७ खेलबाट ९० अंक भएको छ। समान खेलबाट नापोलीको ७९ अंक छ। यस्तै फ्रोसिनोनलाई २-० ले पराजित गरेको एसी मिलान ६६ अंकसहित पाँचौ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell