PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ला लिगा : बार्सिलोनाको बराबरीमा मेसीको दुई गोल



पहिलोपोस्ट

ला लिगा : बार्सिलोनाको बराबरीमा मेसीको दुई गोल

लियोनल मेसीले दुई मिनेट अन्तरमा दुई गोल गरेपछि स्पानिस ला लिगा २०१८-१९ सिजनको अन्तिम खेलमा च्याम्पियन बार्सिलोनाले आइवरसँग २-२ को बराबरी खेलेको छ।

यसअघि नै च्याम्पियन बनिसकेको बार्सिलोनाले एक गोलले पछि परेपनि मेसीले लगातार दुई गोल गर्दै अग्रता दिलाएका थिए। तर आइवरले गोल फर्काउँदै खेल बराबरी गरेको हो।

घरेलु मैदानमा मार्क कुकुरेलाले २०औँ मिनेटमा गोल गर्दै आइवरलाई अग्रता दिलाएका थिए। तर मेसीले ३१औँ मिनेटमा गोल गर्दै खेल बराबरी गरे भने त्यसको अर्को मिनेटमै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए।

पहिलो हाफको अन्त्यतिर पाब्लो डे ब्लासिसले गोल गर्दै खेर्ल बराबरी गरे। दोस्रो हाफमा कुनै गोल नभएपछि खेल बराबरीमा सकिएको हो।

आइवर विरुद्ध दुई गोल गरेपछि मेसीले यस सिजन ला लिगा सिजनमा कुल ३६ गोल पुर्‍याए। मेसी ला लिगामा छैटौँ पटक सर्वाधिक गोलकर्ता बनेका हुन्। मेसीले टेल्मो जराको कीर्तिमान समेत बराबरी गरेका छन्। जराले पनि ६ सिजन ला लिगामा सर्वाधिक गोल गरेका थिए।

आइवर विरुद्ध बराबरीपछि यस सिजन ३८ खेलबाट बार्सिलोनाले ८७ अंक जोड्यो। बार्सिलोनाले दोस्रो स्थानको एट्लेटिको भन्दा ११ र तेस्रो स्थानको रियल भन्दा १९ अंक बढी जोडेको हो।

यस सिजन निकै खराब प्रदर्शन गरेको रियल मड्रिड भने सिजनको अन्तिम खेलमा रियल बेटिससँग २-० ले पराजित भयो। यस सिजन ला लिगामा यो रियलको १२औँ हार हो।

३८ खेलबाट रियलले ६८ अंक मात्र जोड्न सक्यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell