PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नर्सको आन्दोलन: निकास खोज्न सरकारलाई प्रमुख प्रतिपक्षी कांग्रेसको आग्रह



नर्सको आन्दोलन: निकास खोज्न सरकारलाई प्रमुख प्रतिपक्षी कांग्रेसको आग्रह

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नर्सहरुले आफ्नो पेशागत हकहितको माग राखी शुरु गरेको सङ्घर्षका कार्यक्रमप्रति राज्यले उदासीनता देखाएको भन्दै ध्यानाकर्षण भएको आरोप लगाएको छ।

काङ्ग्रेसले आज विज्ञप्तिमार्फत नर्सहरुले आफ्नो पेशागत हकहितको संरक्षण तथा न्यूनतम सेवासुविधाको माग राखी सङ्घर्षको कार्यक्रम गरेको दशौँ दिन बित्दा पनि राज्यले उदासीनता देखाएको जनाएको छ। काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत अनशनमा बसेका नर्सहरुको स्वास्थ्य स्थिति बिग्रँदै गएकोतर्फ समेत राज्य गम्भीर नदेखिनु दुःखद विषय भएको उल्लेख गरेका छन्। 

काङ्ग्रेसले यथाशीघ्र वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोज्न सरकारसँग आग्रह गरेको छ। 

नर्सहरुले वैशाख २१ बाट धर्ना थालेका थिए। प्रहरी धरपकड शुरु भएपछि वैशाख २७ बाट दुई नर्स आमरण अनशनमा छन्

यस्ता छन् नर्सका माग

•    सबै कर्मचारीहरुलाई समयमै तलब दिनुपर्ने। 
•    ठेकेदार प्रकिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यावस्था गर्नुपर्ने
•    सरकारी अस्पतालमा पाईने सेवा सुविधा उपलब्ध गराइनु पर्ने।
•    पुरानो कर्मचारीको कार्यसम्पादन मुल्याकंनको आधरमा ग्रेडिङ गरिनु पर्ने।
•    पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell