काठमाडौं: महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ जना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ। प्रहरी आचार संहिता विपरित काम गर्ने प्रहरी निरीक्षकदेखि जवानसम्मलाई कारबाही गरिएको हो।
प्रहरी कारबाहीमा परेका अधिकांश सवारी चालकबाट पैसा असुल गर्ने रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तले बताए। एसएसपी पन्त भन्छन्, 'यात्रुसँग पैसा असुल गर्ने धेरै जना पाइएको छ। हामी जानकारी आउने वितिकै गल्ती देखिएमा कारबाही गर्छौं।'
४ जनालाई सेवाबाट हटाइएको छ। १२ जना को ग्रेट रोक्का, ८ जनालाई निलम्वन, १ जनाको बढुवा रोक्का, १४ जनालाई सम्झाइ बुझाइ छोडिएको र १३ जनाको तलब बृद्धि रोक्का गरिएको एसपएपी पन्तले बताए।
यसरी कारबाहीम पर्नेमा १ जना प्रहरी निरीक्षक, ६ जना प्रहरी नायब निरीक्षक, १० जना सहायक प्रहरी निरिक्षक, ३ जना प्रहरी हवल्दार, ३१ जना प्रहरी जवान र र एक जना प्रहरी कार्यालय सहायक छन्।