PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बैतडीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ जना घाइते



एम बम

बैतडीमा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ जना घाइते

कैलाली: बैतडीमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन्। देहीमाडौंबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप दशरथचन्द नगरपालिका– ११ नानीगाड भन्ने स्थानमा आज बिहान दुर्घटना हुँदा तीन जनाको मुत्यु भएको हो।
 
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका १० बाराकोटका ४५ वर्षीय हिराबल्लभ भट्ट, सोही ठाउँका ६५ वर्षीय नरुली भट्ट रहेका छन्। उनीहरुको घटनास्थलमै ज्यान गएको छ। एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणी गिरीले बताए।
 
दुर्घटनामा परी दशरथचन्द नगरपालिका १० का प्रकाश भट्ट, कञ्चनपुरका २६ वर्षीय राहुल भट्ट र जीपचालक नवीन भट्ट घाइते भएका छन्।
 
जीप सडकबाट झण्डै २ सय मिटर तल खसेको बैतडी प्रहरीले जनाएको छ। घटना के कारणले भयो भन्ने खुल्न नसकेको गिरीको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell