PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

त्रिशूली बस दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो, तीन जनाको सनाखत



पहिलोपोस्ट

त्रिशूली बस दुर्घटनाः मृत्यु हुनेको संख्या पाँच पुग्यो, तीन जनाको सनाखत
फोटोः रासस

काठमाडौँः त्रिशूली बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगको छ। इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख नवराज ढु‌ंगेलका अनुसार अहिलेसम्म सबै मृतकको सनाखत भएको छैन। आज बिहान झापाको काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस धादिङको आदमघाटमा दुर्घटनामा परेको थियो।

चार जनाको शव  नदीबाट निकालिएको छ। एकको शव बसले किचेको अवस्थामा नदीमा रहेको छ।

राससका अनुसार मृतक तीन जनाको सनाखत भएको छ। मृत्यु हुनेमा चन्द्रागिरि नपाका ३५ वर्षीया सीता थपलिया, कन्याम इलामका २० वर्षीय विशाल गिरी, काठमाडौँ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी रहेका छन् । अन्य दुईको सनाखत भएको छैन।

घाइतेमध्ये १४ जनाको थप उपचारका लािग काठमाडौँ ल्याइएको छ। केही घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। 

ना ७ ख ४३८७ नम्बरको बस त्रिशूलीमा खसेको हो। गजुरी गाउँपालिका ६ बन्छेटारबाट बस त्रिशूली नदीमा खसेको हो।

अहिले उद्धार कार्य भइरहेको छ। उद्धारमा नेपाली सेना, प्रहरी र स्थानीयवासी खटिएका छन्। दुर्घटनाको कारण खुलेको छैन।

घाइतेको स्थानीय गजुरी अस्पताल लगायतमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell