PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वाह ! भन्नेगरी कतारले साढे ३ वर्षपछि आयोजना हुने वर्ल्ड कपका लागि तयार पार्‍यो स्टेडियम

वाह ! भन्नेगरी कतारले साढे ३ वर्षपछि आयोजना हुने वर्ल्ड कपका लागि तयार पार्‍यो स्टेडियम

पहिलोपोस्ट /पहिलोपोस्ट


लामो विवाद र राजनीति तानातानबीच सन् २०२२ को विश्वकप आयोजना गर्ने प्रतिवद्धतामा खाडी मुलुक कतार प्रतिवद्ध छ। यतिखेर नाकाबन्दीको प्रभाव झेलिरहेको कतारले साढे तीन वर्षपछि विश्वकप फुटबल प्रतियोगिता हुने एउटा महत्वपूर्ण स्टेडियम पूरा गरेर औपचारिक उद्‌घाटन नै गरेको छ। विश्व फुटबल राजनीतिको हिसाबले चुनौतीपूर्ण विवादित भएकाले पनि कतारको वर्ल्ड कपका हरेक गतिविधिमा विश्वको ध्यान खिचिएको हुन्छ। रंगशालासँगै भव्य संरचनाहरु बनाएर आफूलाई आर्थिक रुपमा बलियो बनाउँदै गरेको यो प्रयासमा नेपालीहरुको पनि योगदान छ। विश्वकपलाई नै लक्षित गरेर धेरै नेपाली अहिले कतारमा काम गरिरहेका छन्।

अल जानुव रंगशाला गए रातिबाट औपचारिक रुपमा संचालनमा आएको हो। कतारको अल वाकराह शहरमा यो रंगशाला निर्माण भएको छ। फिफाले जारी गरेका यी दृश्यहरुले कतारको मेहनत कति कडा थियो प्रस्ट्याउँछ। छैन त वाह! भन्न लायक रंगशाला?

Al Janoub Stadium in Al Wakrah City officially opened last night, three-and-a-half years ahead of the 2022 #WorldCup.

And it is looking 👌 pic.twitter.com/qmxkbFfLlM



ट्रेन्डिङ पोस्ट

Ncell