PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन जेठ १५ गते, दुई सय धावक सहभागि हुने



पहिलोपोस्ट

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन जेठ १५ गते, दुई सय धावक सहभागि हुने

काठमाडौं : विश्वकै सर्वाधिक उचाईमा आयोजना हुँदै आएको तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको १७औँ संस्करण यही मे २९ मा हुँदैछ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा पहिलो पटक सफल आरोहण गरेका तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्झनामा हरेक वर्ष मे २९ मा एभरेष्ट म्याराथन हादै आएको छ।

आयोजक हिमालय एक्सपिडिसनले बिहीवार पत्रकार सम्मेलन गर्दै यस पटक दुई सय धावकले सहभागिता जनाउने जानकारी दिएको छ। जसमा १५४ विदेशी र बाँकी स्वदेशी धावक छन्।

यस इभेन्टमा ४२.१९५ किमीको फुल म्याराथनसँगै ६० किलोमिटरको एक्सट्रिम अल्ट्रा र हाफ म्याराथन पनि आयोजना हुन्छ।

'यो विश्वकै युनिक म्याराथन हो। यो सबैको लागि विशेष छ। जहाँ तापाईहरुले विश्वकै 'ब्युटिफुल प्लेसमा' दौडँदै हुनुहुन्छ।' एभरेष्ट म्याराथन २००३ मा सुरु गरेका यस इभेन्टका फाउण्डर विक्रम काजी पाँडेले भने।

'यो फरक विश्व हो यसलाई हेरिटेज म्याराथन भन्न सकिन्छ। सगरमाथाको बेस क्याम्पबाट यो सुरु हुन्छ। पाँच सय वर्ष पुरानो गाउँहरु यहाँ भेटिन्छ।' पाँडेले यही मे २९ मा म्याराथन दौडने सहभागिहरु भने। 'विश्वमा यो भन्दा उच्च स्थानमा हुने अर्को म्याराथन छैन। यो पनि ओलम्पिक स्ट्याडर्डको म्याराथन हो।'

उनले सगरमाथा क्षेत्रमा सानो स्पोर्ट्स इभेन्टको रुपमा यो म्याराथन सुरु गरेको र अहिले यसले व्यापक रुप लिएको बताए।

'हामीले यसबाट दुई ठूलो व्यक्तित्व तेन्जिङ शेर्पा र एडमन्ड हिलारीलाई ट्रिब्युट प्रदान गरिरहेका छौँ। उनीहरु ग्रेट पर्सनालिटि हुन्।'

फुल म्याराथन ५ हजार ४ सय मिटर उचाई रहेको एभरेष्ट बेसक्याम्पबाट सुरु भइ ३ हजार ४ सय उचाई रहेको नाम्चे बजारमा आएर सकिनेछ।

फुल म्याराथनको पुरुषतर्फको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गर्ने छन्। यस्तै म्यारानमै महिला स्पर्धामा पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउने छन् भने विदेशी स्पर्धामा पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ३५ र तेस्रो हुनेले २५ हजार पाउने छन्।

यसैगरी अल्ट्रातर्फ विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउने छन्। हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार पाउने छन् ।

यस वर्ष सबै इभेन्टमा गरी दुई सय भन्दा बढी धावक सहभागि हुने आयोजकले जनाएको छ। यस्तै नेपालसहित ३१ देशबाट धावकहरु आउनेछन्। जसमा अमेरिकाबाट २५, क्यानडाबाट १६ खेलाडी छन्।

फुल म्याराथनमा १२५, हाफ म्याराथनमा १२ र अल्ट्रा दौडमा १७ खेलाडीले दौडने आयोजकले जनाएको छ। यस्तै मुख्य सहभागिको रुपमा नेपालको लागि बेलायती राजदुत रिचर्ड मोरिसले समेत म्याराथनमा प्रतिस्पर्धा गर्ने विक्रम काजी पाँडेले जानकारी दिए।

म्याराथनमा  बेलायतका क्रिस्टोफर जर्ज ज्याक्सन सबैभन्दा कम उमेर र क्यानडाका लिओनार्ड डुगलास स्टानमोर सबैभन्दा धेरै उमेरका धावक हुनेछन्। ज्याक्सन २२ वर्ष र स्टानमोर ६७ वर्षका हुन्।

कम उमेरका धावक जर्ज ज्याक्सन

 

८ बजे, ८ मिनेट, ४८ सेकेण्डमा दौड सुरु हुने

तेन्जिङ हिलारी एभरेष्ट म्याराथन अन्तर्गत सबैभन्दा कम दूरीको विधा हाफ म्याराथन सगरमाथाको उचाई बराबरको सयमा सुरु हुने विक्रम काजीद्ये जानकारी दिए। उनका अनुसार हाफ म्याराथन बिहान ८ बजे, ८ मिनेट ४८ सेकेण्डहादा सुरु हुनेछ। यस्तै ६० किमी अल्ट्रा बिहान ६ बजेर फुल म्यराथन बिहान ७ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell