PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जनता सडकमा उत्रनुको असर : सुरु भयो बौद्धमा पिचको काम, स्थानीय आफै जुटे निगरानीमा

जनता सडकमा उत्रनुको असर : सुरु भयो बौद्धमा पिचको काम, स्थानीय आफै जुटे निगरानीमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : चार वर्षभन्दा लामो समयदेखि अलपत्र परेको चाबहिल साँखु सडक निर्माण समयमै नभएको भन्दै स्थानीय र व्यवसायी आन्दोलनमा उत्रिएपछि कालोपत्रे गर्ने काम अघि बढेको छ। 

जति दवाव दिए पनि सडक कालोपत्रेको काम अघि नबढेपछि स्थानीय व्यवसायीको नेतृत्वमा बौद्धमा बाटो अवरुद्ध गरिएको थियो। त्यसलाई खुलाउन प्रहरीले प्रयास गर्दा प्रदर्शनकारी विद्रोहमा उत्रिएका थिए। प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी नै चल्यो। त्यही क्रममा प्रहरीले अश्रु ग्याससमेत प्रहार गर्नुपर्ने स्थिति बन्यो। अन्तत: सडक तत्कालै कालोपत्र गर्ने सहमति भयो र अवरुद्ध सडक खुल्यो।

झडपको अवस्था हेर्न क्लिक गर्नुस्

सहमतिअनुसार अहिले बौद्ध क्षेत्रमा कालोपत्रे गर्नेक्रम बढेको छ। टुसालदेखि बौद्ध गेट खण्ड र नारायणटारदेखि वाग्मती पुल खण्डमा यतिखेर कालोपत्र गर्ने काम अघि बढेको हो।

कालोपत्र सुरु भएसँगै स्थानीय आफैले कामको अवलोकन गरिरहेका छन्। उनीहरुले कालोपत्र हुनुपर्ने स्थान नाप्दै सहयोग गरिरहेका छन्।

यसरी सुरु भएको थियो आन्दोलन 



ट्रेन्डिङ पोस्ट

Ncell