PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

माग पुरा नभएपछि अनशन बस्दै नर्स, राजधानीका दुई स्थानबाट थालिँदै



सागर बुढाथोकी

माग पुरा नभएपछि अनशन बस्दै नर्स, राजधानीका दुई स्थानबाट थालिँदै

काठमाडौं: आफ्ना माग पुरा गर्न आन्दोलन गर्दै आएका नर्सहरुले अनशन थाल्ने भएका छन्। ६ दिनदेखि मानव अंग प्रत्यारोपन केन्द्रमा धर्ना बस्दै आएका नर्सहरुले आज दुई ठाउँबाट अनशन थाल्न लागेका छन्। 

नर्सिङ संघकी आजीवन सदस्यसमेत रहेकी जीता बराल लाजिम्पाटमा २ बजेबाट अनशन थाल्ने भएकी छिन्। फिस्टेल नर्सिङ कलेजको क्याम्पस प्रमुखसमेत रहेकी उनी राजिनामा दिएर नर्सको पक्षमा अनशन बस्न आएकी हुन्।

यता मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा साँझ ६ बजेबाट दिक्की शेर्पाले अनशन थाल्ने भएकी छन्। शेर्पा स्थापनाकाल देखिनै केन्द्रमा कार्यरत छिन्।

माग पुरा गराउन ६ दिनदेखि धर्नामा बस्दै आएका नर्सहरु दुईपटक प्रहरी हिरासतमा पुगिसकेका छन्।

यस्ता छन् नर्सका माग


•    सबै कर्मचारीहरुलाई समयमै तलब दिनुपर्ने। 
•    ठेकेदार प्रकिया हटाई कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई अस्पतालले नै तलबको व्यावस्था गर्नुपर्ने
•    सरकारी अस्पतालमा पाईने सेवा सुविधा उपलब्ध गराइनु पर्ने।
•    पुरानो कर्मचारीको कार्यसम्पादन मुल्याकंनको आधरमा ग्रेडिङ गरिनु पर्ने।
•    पुरानो कर्मचारीलाई स्थायी गरिनुपर्ने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell