PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रातो मछिन्द्रनाथको जात्रा सुरु, काहा बाजा बजाएर पुल्चोक पुर्‍याइयो

रातो मछिन्द्रनाथको जात्रा सुरु, काहा बाजा बजाएर पुल्चोक पुर्‍याइयो


ललितपुर: वर्षा र सहकालका देवता करुणामय बुंगद्य: (रातो मछिन्द्रनाथ) को जात्रा सुरु भएको छ।

आइतवार बेलुकी मछिन्द्रनाथको मूर्तिलाई ललितपुरको त :बहालबाट खटमा राखेर पुल्चोकमा बनाइएको रथमा पुर्‍याइ मूर्तिलाई बिराजमान गराएपछि विधिवत रुपमा मछिन्द्रनाथको जात्रा सुरु भएको हो।

मछिन्द्रनाथलाई मन्दिरबाट बाहिर निकालिसकेपछि गुरुजुको पल्टनले सलामी दिएको थियो।

 

त: बहालबाट कुमारीपाटी हुँदै मछिन्द्रनाथको मूर्तिलाई पुल्चोक पुर्‍याउने क्रममा काहा बाजा (तुरही) बजाइएको थियो। रथयात्रामा मात्र नभइ मछिन्द्रनाथसँग सम्बन्धित विभिन्न पर्वहरुमा काहा बाजा बजाउने परम्परा रहेको छ।

नेपालकै सबैभन्दा लामो रथयात्राका लागि ललितपुरका बाराही समुदायले रथमा काठको र यँवा (ञँवा) हरुले डोरी र बेतले काठ बाँध्ने काम गरेका थिए।

मूर्तिलाई रथमा राखिसकेपछि दर्शनार्थीहरुले सत्तव पूजा र स्त्तोत पाठ गर्न सुरु गरेका छन्। बैशाख २५ गते बुधवारबाट रातो मछिन्द्रनाथको रथयात्रा सुरु हुनेछ। पुल्चोकमा बुधवारसम्म मछिन्द्रनाथको पूजाका साथै भजन तथा स्त्तोत पाठ हुनेछ। त्यस दिन रथलाई पुच्व: त्वा (पुल्चोक) बाट तानेर गा: बहा: पुर्‍याइनेछ।

रातो मछिन्द्रनाथको रथ तान्न पाटन दरबारमा रहेको तरवार साक्षी राख्नुपर्ने परम्परा रहेको छ। तरवार फिर्ता लगेपछि रथ तान्न नहुने जनविश्वास रहेको छ। आइतवारै रातो मछिन्द्रनाथको मूर्तिसँगै दरबारको तरवार रथमा राखिएको छ।

शुभ साइतमा भोटो देखाई रातो मछिन्द्रनाथको मूर्तिलाई बुङ्गमतीमा फिर्ता लगेसँगै रातो मछिन्द्रनाथको जात्रा समापन हुन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell