PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

मानव अंग प्रत्यारोपण केन्द्र आन्दोलन : वार्तामा कुरा नमिलेपछि वार्ता टोली नै प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

मानव अंग प्रत्यारोपण केन्द्र आन्दोलन : वार्तामा कुरा नमिलेपछि वार्ता टोली नै प्रहरी नियन्त्रणमा

काठमाडौँ :  मासिक तलब समयमै पाउनु पर्नेसहित ६ बूँदे मागसहित वैशाख ११ गतेदेखि भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन गरिरहेका नर्सिङ र सफाइ कर्मचारीहरु र स्वास्थ्य मन्त्रालयबीच आज वार्ता थियो।

तर मन्त्रालयमा कुरा मिलेन। वार्ता असफल हुने बित्तिकै वार्ता गर्न गएका १० जनाको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

आन्दोलित कर्मचारीमध्ये एकले आफूहरुलाई पहिले अनामनगर र त्यसपछि सिंहदरबार चौकीमा लगिएको बताए। 

मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको यो पहिलो पटकको आन्दोलन होइन। यसअघि उनीहरुले एउटै माग लिएर पटकपटक आन्दोलन गरेका छन्। अस्पताल प्रशासनसँग छलफल गरेका छन्। तर, कागजी सम्झौता भए पनि कार्यान्वयन नभएको नेपाल नर्सिङ संघ इकाई भक्तपुरका नर्सहरु बताउँछन्।

चार महिनाअघि उनीहरुले अस्पतालमा तालाबन्दी नै गरे। लगत्तै प्रशासनले माग पूरा गर्ने सम्झौता गरेको थियो। 

दुई वर्षअघि प्रत्यारोपण केन्द्रबाट बिनाकारण निकालिएपछि नर्सहरुले आन्दोलन गरेका थिए। माइतीघर मण्डलामा आएर आन्दोलन गरेपछि उनीहरुसँग अस्पतालले सम्झौता समेत गरेको थियो। त्यही सम्झौता अहिलेसम्म पूरा नगरेपछि उनीहरु आन्दोलन जुटेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell