PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

निमोनियाले लियो वडाध्यक्षको ज्यान



निमोनियाले लियो वडाध्यक्षको ज्यान

खोटाङ: निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ। गत चैतदेखि बिरामी भएका ३९ वर्षीय राईको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो। शुरुमा रुघाखोकीले थलिएका राईमा  विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन्।

गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल ल्याउने क्रममा सौर्य भन्ने ठाउँमा ल्याइपुर्‍याउँदा राईको मृत्यु भएको आफन्तले बताएका छन्। उनको बाटैमा मृत्यु भएपछि आफन्तले गएराति नै घर फर्काएका र अन्तिम श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर अहिले  घरमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झकार’ले बताए। 

श्रद्धाञ्जलिका लागि जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला नेता कार्यकर्ता स्वर्गीय वडाध्यक्ष राईको घर पुगेका छन्। श्रद्धाञ्जली सभापछि आजै दाहसंस्कार गरिने आफन्तले बताएका छन्। तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी राई उक्त पार्टीका जिल्ला सदस्य थिए। पार्टीको युवा तथा विकासप्रेमी नेता गुमेकोप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट  गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell