PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मुगुमा फोटो कथा प्रदर्शनी, महिलाहरुले फोटोमार्फत पोखे पीडा



मुगुमा फोटो कथा प्रदर्शनी, महिलाहरुले फोटोमार्फत पोखे पीडा

मुगु :मुगु गमगढीमा पहिलोपटक फोटो कथा प्रदर्शनी भएको छ।

स्थानीय महिलाहरुले मोबाइलमार्फत् खिचेको फोटो कथाहरु प्रदर्शनमा राखिएको हो। कर्णाली आर्टस् सेन्टरले कर्णालीका महिलाहरुको आवाज देशभर फैलाउने उद्देश्यले फोटो कथा कार्यशाला र प्रदर्शनी आयोजना गरेको जनाएको छ।

सात दिन लामो फोटो कथा कार्यशाला एवं प्रदर्शनीमा मुगु जिल्लाका १९ जना दलित, जनजाति  महिलाले भाग लिएका थिए।

रोविन शर्मा दाहालको प्रत्यक्ष अगुवाईमा भएको कार्यशालामा ग्रामिण मुगुका बिभिन्न गाउँहरुमा पुगी महिलाहरुले फोटो कथाहरु बनाएका थिए।

प्रर्दशनमा करिब ८० फोटोहरु सहितका ९ ओटा फरक सामाजिक सवालहरुमाथि फोटो कथाहरु बनाइएका थिए।

प्रदर्शनमा उपल्लो मुगुकी छोर्देन लामाले छोरी जन्मिदा पनि सुत्केरीहरुलाई छोरा जन्माए जति नै स्याहार सुसार चाहिन्छ भन्ने विषयलाई आफ्नो कथामा उठाईन भने चैन गाउँकी जन्म लक्ष्मी हमालले आफ्नो फोटो कथामा परिवारबाट एक्लिएकी महिलाको जीवनको एक्लोपना लाई दर्शाएकी छिन्।

मुर्मा गाउँकी खामु वि.क ले रारामा दैनिक रुपमा पर्यटकहरुलाई घोड सवार गराउने एक जना महिलाको कथालाई आफ्नोकथाको विषयवस्तु बनाएकी छिन्।

पहिलो पटक फोटोबाट पनि कथाको स्वाद चाख्न पाएका मुगालीहरु भने आफ्नै गाउँ टोलका कथाहरुलाई नै फोटोमा देख्न पाएकोमा दंग बनेका थिए। प्रर्दशनमा जन्म लक्ष्मी हमाल, खामु वि.के,छोर्दन लामा,ढुवा लामा,राज मल्ल,गणेश खड्का,रामु वि.क हिमाल नेपाली आदि जस्ता कलाकारहरुले  फोटोका माध्यम सामाज प्रतिको धाराणा प्रस्तुत गरेका थिए।

यो प्रदर्शन पछि यी सबै फोटोहरुलाई हरेक विद्यालयहरुमा पुन: प्रस्तुत गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell