PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'छन्द- पलेँटी'मा भूषिता वशिष्ठको स्वर



पहिलोपोस्ट

'छन्द- पलेँटी'मा भूषिता वशिष्ठको स्वर

प्रत्यक्ष सांगीतिक प्रस्तुति रहने कार्यक्रम 'पलेँटी'मा योपटक कविता वाचन हुने भएको छ। नेपालयको आरशालामा पहिलोपटक छन्द कविता वाचन हुन लागेको हो। लेखक भूषिता वशिष्ठले कविता वाचन गर्नेछिन्।

छन्द-पलेँटीलाई नेपाली साहित्यका अग्रज कविका कविताहरूको उत्सवका रुपमा मनाइने विज्ञप्तीमा जनाइएको छ। विशेषगरी सोमनाथ सिग्द्याल, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा,माधवप्रसाद घिमिरे लगायत कविहरूका रचना समावेश हुनेछन्।

साहित्यमा क्रियाशील भूषिता वशिष्ठले बेलावखत सामाजिक सञ्जालमार्फत कविता वाचन सार्वजनिक गर्दै आएकी थिइन्। उनी आफूमा छन्दमोह बाल्यकालदेखि रहेको बताउँछिन्। भन्छिन्,'बाबा आमा कविताबाटै आफ्नो कुरा अभिव्यक्त गर्नुहुन्थ्यो। आमालाई त नैतिक शिक्षा नै कविताका हरफबाट दिने बानी परेको थियो। ‘असल बानी’ बारे छन्दमै सुन्नु पर्थ्यो।' कठोर कुरालाई पनि लालित्यपूर्ण तरिकाले भन्न सकिँदो रहेछ भन्ने स्पष्ट भएको बताउँछिन् उनी।

छन्द कवितालाई मात्रिक अथवा मेट्रिक कविता मान्ने उनले सुनाइन्,'यो विधाले प्राज्ञिकता भन्दा बढी उत्साह र उमंगलाई पछ्याउँछ।’

उनको स्वरमा संगीत दिंदैछन् संगीतकार आभासले। उनी आफ्नो लागि छन्द कवितामा संगीत भर्नु नौलो अनुभव रहेको बताउँछन्।

छन्द पलेँटीको प्रस्तुति यही अप्रिल महिनाको २६, २७, २८ तारिख साँझ कालिकास्थान स्थित नेपालयको ‘आर’ शालामा हुनेछ। कार्यक्रमको टिकेट बुकिङ पलेँटीको सामाजिक संजाल, नेपालय र थुप्रै डटकम मार्फत गर्न सकिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell