PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मेक्सिकोमा १३ जनाको हत्या, बस दुर्घटनामा ११ जनाको मृत्यु



मेक्सिकोमा १३ जनाको हत्या, बस दुर्घटनामा ११ जनाको मृत्यु
फोटो: EPA-EFE

मेक्सिको: मेक्सिकोको पूर्वी राज्य भेराक्रुजको एक पार्टीमा अपरिचित बन्दुकधारीले चलाएको गोली लागेर एक बालकसहित १३ जनाको मृत्यु भएको छ।

सार्वजनिक सुरक्षा निकायले पारिवारिक पुनर्मिलनको पार्टी चलिरहेको समयमा “एल बेकी” नाम गरेका स्थानीय बार सञ्चालकको खोजीमा आएको एक बन्धुकधारी समूहले अन्धाधुन्ध गोली चलाएको जनाएको छ। 

गोली लागेर सात जना पुरुष, पाँच जना महिला र एक बच्चाको मृत्यु भएको छ भने चार जना घाइते भाएका छन्।

गोली प्रहार गर्नुको कारण थाहा हुन सकेको छैन, तर भेराक्रुजमा संगठित अपराध र बन्दुक हानाहानका हिंसात्मक घटना बारम्बार हुने गरेका छन्। यस्तो भिडन्त सामान्यतया लागूपदार्थका तस्करहरुबीच हुने गरेको प्रहरीले जनाएको छ।

मेक्सिकोका तत्कालीन राष्ट्रपति फेलिपे काल्डेरोनले लागूपदार्थका तस्करविरुद्ध सन् २००६ देखि आक्रामक कारबाही थालेयता तीन लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। 

यसैबीच, कजाकस्तानमा शनिबार बिहानै भएको एक बस दुर्घटनामा कम्तीमा ११ जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell