PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

उत्तर कोरियाली दूतावासमा छापा मारेको आरोपमा अमेरिकी पूर्व नेभी सदस्य पक्राउ



उत्तर कोरियाली दूतावासमा छापा मारेको आरोपमा अमेरिकी पूर्व नेभी सदस्य पक्राउ
फोटो: GETTY IMAGE

वासिङटन: स्पेनको मड्रिड शहरमा रहेको उत्तर कोरियाली दूतावासमा छापा मार्ने समूहमा संलग्न रहेको आरोपमा अमेरिकी प्रहरीले एक जनालाई पक्राउ गरेको छ

पक्राउ पर्नेमा अमेरिकी नेभीका पूर्व सदस्य क्रिस्टोफर एन रहेको बताइएको छ।

एनलाई लस एनजलस अदालतमा उपस्थित गराइएको छ।

फेब्रुअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियली नेत किम जोङ उनबीच हनोइमा भएको वार्ता अघि नै उत्तर कोरियाली दूतावासमा छापा मारिएको थियो।

उक्त छापामा आफैलाई मानव अधिकारवादी संस्था भन्ने 'फ्रि जोसेअन' ले आफ्नो संलग्नता रहेको स्वीकार गरिसकेको छ।

अमेरिकी प्रहरीले उक्त संस्थाका नेता अड्रिन हङको कार्यालयमा समेत अनुसन्धान गरिरहेको बताइएको छ।

फेब्रुअरी  २२ मा स्पेनमा रहेको दूतावासमा १० जना व्यक्ति प्रवेश गरी छापा मारेका थिए। उनीहरुले उत्तर कोरियालाई स्वतन्त्र बनाउन मानव अधिकार संस्था मार्फत कार्य गरिरहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell