PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सेल्फीडाँडामा टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु 



सेल्फीडाँडामा टिपर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु 

काभ्रे: बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सटकबाट अन्दाजी ३०० मिटर तल खोचमा खस्दा टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell