PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भाजपालाई मत दिँदा पश्चताप, काटे आफ्नै औंला



भाजपालाई मत दिँदा पश्चताप, काटे आफ्नै औंला
फोटो :YOGESH KUMAR SINGH/BBC

लखनउ: भारतमा अहिले लोकसभा निर्वाचनको रमझम छ। अप्रिल ११ बाट सुरु भएको निर्वाचन सात चरणमा हुँदै मे १९ मा सकिनेछ।

यसपटक भारतभर इलेक्ट्रोनिक भोटिङ प्रणालीबाट मतदान हुँदैछ।

लोकसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवार र कार्यकर्ताहरु भोटिङ मेसिनको प्रगोगबारे घरदैलोमा व्यस्त छन्।

यसैबीच शुक्रवार सम्पन्न भएको दोस्रो चरणको निर्वाचनमा भोटिङ मेसिनमा सही चुनाव चिन्हमा मत नदिएको निहुँमा एक मतदाताले आफ्नै औंला काटेका छन्।

पवन कुमार नाम गरेका व्यक्तिले भिडियो सन्देशमार्फत आफूले 'गलत' राजनीतिक दल (हालको सत्तारुढ भारतीय जनता पार्टी) लाई मत दिएको भन्दै आफ्नो औंला काटेको बताएका हुन्।

उत्तर प्रदेशको बुलंदशहर मतदानबाट मत दिएका उनले क्षेत्रीय दललाई मत दिने इच्छा रहेको समेत बताएका छन्।

कुमारले मायावतीले नेतृत्व गरेकी हात्ती चुनाव चिन्ह रहेको रहेको बहुजन समाजवादी पार्टीलाई मतदिन खोजेको बुझिएको छ।

उत्तर प्रदेशमा सत्तारुढ भाजपा विरुद्ध विपक्षी गठबन्धनले निकै प्रचार गरेको थियो। साक्षरता कम रहेका स्थानमा मतदाताहरु कागजको मतपत्रमै झुकिने अवस्थामा इलेक्ट्रोनिक मेसिनमा झनै झुकिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell