PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एथ्लेटिक्समा आशिसले जिते व्यक्तिगत दोस्रो स्वर्ण



पहिलोपोस्ट

एथ्लेटिक्समा आशिसले जिते व्यक्तिगत दोस्रो स्वर्ण

दाङ : दाङको बेलझुण्डीमा भइरहेको आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्समा एपीएफमा आशिस चौधरीले दोस्रो स्वर्ण जितेका छन्।

सय मिटर दौडमा याम साजन सुनारलाई पछि पार्दै स्वर्ण जितेका आशिसले दुई सय मिटरमा शनिवार स्वर्ण जितेमा। उनले निर्धारित दूरी २१.८३ सेकेण्डमा पूरा गरे। यस्तै आर्मीका अभिषेक चौधरील २२.४६ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो भए। २२.५१ सेकेण्डमा दौड पूरा गरेका प्रदेश ४ का प्रकाश रानामगर तेस्रो भए।

दुई सय मिटर दौडमा आर्मीकी सरस्वती चौधरीले स्वर्ण जितिन्। उनले २६.२६ सेकेण्डमा निर्धारित दूरी पूरा गरिन्। यस्तै प्रदेश ५ की जयरानी चौधरीले २६.३६ सेकेण्डमा दौड पूरा गर्दै रजत तथा आर्मीकी कृष्णा चौधरीले २६.६५ सेकेण्डमा पूरा गर्दै कास्य जितिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell