PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट : म्यानमार विरुद्ध कप्तान विशालको उत्कृष्ट बलिङ, नेपाल ७ विकेटले विजयी



पहिलोपोस्ट

एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट : म्यानमार विरुद्ध कप्तान विशालको उत्कृष्ट बलिङ, नेपाल ७ विकेटले विजयी

काठमाडौँ : थाइल्याण्डमा भइरहेको एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ।

आज भएको पहिलो खेलमा नेपालले म्यानमारलाई ७ विकेटले पराजित गरेको हो।

म्यानमारले दिएको ५८ रनको लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको लागि ओपनर अर्जनु कुमालले नटआउट २६ रनको योगदान गरे। १५ बल खेलेका उनले ४ चौका प्रहार गरे। यस्तै सुबार ऐरले ११ रन जोडे।

म्यानमारका क्युङ हेत क्यात २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारले १३.२ ओभरमा सबै विकेट गुमाएर ५८ रन मात्र बनाएको थियो।

नेपालका कप्तान विशाल विक्रम केसीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएपछि म्यानमार कम स्कोरमा अलआउट भएको थियो।

म्यानमारको लागि क्युङ हेत क्याले सर्वाधिक १९ रन बनाए। यस्तै क्रिस्टोफरे ११ रन जोडे।

नेपालका लागि विशालले ५ ओभरमा २१ रन रख्चेर ४ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell