PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सेनाका रत्नजितलाई हराउँदै एपिएफका दिपेशले रचे नयाँ इतिहास



सेनाका रत्नजितलाई हराउँदै एपिएफका दिपेशले रचे नयाँ इतिहास

दाङ: सेनाका रत्नजित तामाङको एक छत्र राजलाई तोड्दै एपिएफका दिपेश धामी नयाँ राष्ट्रिय च्याम्पियन भएका छन्। आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको ४० औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रत्नको एक छत्र राजलाई तोड्दै एपिएफका धामीले नयाँ इतिहास रचेका हुन्। 

दाङको घोराहीस्थित कभर्डहलमा भएको उपाधि भिडन्तमा दिपेशले रत्नलाई २१ । १६, २१ । १४ को सोझो सेटमा पराजित गर्दै इतिहास रचेका हुन्। विगत ४ राष्ट्रिय प्रतियोगितामा जित निकाल्दै आफ्नो बर्चस्व बनाएका रत्नजित एपिएफका दीपेशसँग पराजित भएका हुन्। 

२०६९ सालमा काठमाडौंमा भएको ३६ औं राष्ट्रिय प्रतियोगितामा तत्कालिन नम्बर एक खेलाडी बिकास श्रेष्ठलाई पराजित गर्दै नम्बर एक भएका रत्नले त्यस पश्चात फर्केर हेर्नु परेको थिएन। तर बेला बेला उनलाई दिपेश र प्रिन्स दाहालले चुनौति दिंदै आएका थिए। 

यसै प्रतियोगिता अन्तर्गत पनि पुरुष टिम ईभेन्ट्सको पुरुष एकलको सेमिफाइनलमा प्रिन्सले तथा फाइनलमा धामीले उनलाई पराजित गर्दै नयाँ राष्ट्रिय च्याम्पियन जन्मने सुचित गरिसेका थिए। दिपेशले यस अघि रत्नजित तामाङलाई अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टन प्रतियोगितामा पनि पराजित गरिसकेका थिए।

यता महिला एकल च्याम्पियनमा भने रशिला महर्जनले नाङसलदेवी तामाङलाई २-१ को सोझो सेटमा हराउँदै स्वर्ण हात पारिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell