PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

विप्लवका कार्यकर्ता रिहा गर्न कम्युनिस्ट लिग फिनल्याण्डको माग



विप्लवका कार्यकर्ता रिहा गर्न कम्युनिस्ट लिग फिनल्याण्डको माग

काठमाडौं : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता रिहा गर्न फिनल्याण्डको कम्युनिस्ट पार्टीले माग गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै कम्युनिस्ट लिग फिनल्याण्डले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुको पक्राउको विरोध गरेको छ।

‘नेपाल क्युनिस्ट पार्टीका अभियन्ताहरुलाई पक्राउ गर्न कुनै पनि कानुनी आधार छैन। पक्राउ गैरकानुनी मानव अधिकारको समाजवादी मान्यताको गम्भिर उल्लंघन हो,’ कम्युनिस्ट लिग फिनल्याण्डका अध्यक्ष केल्भिन वाहमान र विदेश विभागका सचिव जुहा कियक्सीले प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा उल्लेख छ।

गत अप्रिल १५ मा लेखिएको पत्रमा पक्राउ परेका सबै नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको रिहाइको माग गरिएको छ।

यसअघि अष्ट्रेलियाको कम्युनिस्ट पार्टी अफ अष्ट्रेलिया (माक्र्सवादी–लेनिनवादी)लेसमेत प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै विप्लव नेतृत्वको पार्टी माथि लगाइएको प्रतिबन्ध फिर्ता गर्न र पक्राउ कार्यकर्ता रिहा गर्न माग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell