PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

शारीरिक सुगठन सम्पन्न



पहिलोपोस्ट

शारीरिक सुगठन सम्पन्न

बुटवल : आठौं राष्ट्रिय खेलकुद अन्तर्गत १६औ राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता बुटवलमा सम्पन्न भएको छ। बुटवल ४ स्थित महेन्द्र सभा गृहमा सम्पन्न प्रतियोगितामा ५५ केजी तौल समूहमा रुपन्देही जिल्लाका सरोज सिँहले प्रथम हुदै स्वर्ण जितेका छन्। यसैगरि झापाका हर्कबहादुर राई दोस्रो हुदै रजत तथा कास्कीका मोती गुरुङ तेस्रो हुदै कास्यमा चित्त बुझाए।

६० केजी तौल समूहमा काठमाडौका आवाज प्याकुरेलले स्वर्ण जितेका छन्। रुपन्देहीका सुनिल आलेले रजत पदकमा चित्त बुझाए भने कास्कीका मौलादिन मियाँले कास्य जिते। ६५ केजी तौल समूहमा झापाका चन्द्र लक्ष्मण लिम्बू प्रथम हुदै स्वर्ण जितेका छन। कास्कीका सुरेश लामा रजत तथा रुपन्देहीका अमित पंगेनी कास्यमा चित्त बुझाए।

७० केजी तौल समूहमा काठमाडौका अनिल लाल श्रेष्ठ प्रथम हुदै स्वर्ण जितेका छन्। झापाका रक्कि रिमाल दोश्रो हुदै रजत तथा रुपन्देहीका विजेन्द्रमान श्रेष्ठ तेश्रो हुदै कास्यमा चित्त बुझाए। प्रतियोगिताको ७५ केजीको तौल समूहमा त्रिभुवन आर्मीका रमेश कार्की प्रथम हुदै स्वर्ण जितेका छन। सुर्खेतका सुरेन्द्र थापा दोश्रो हुदै रजत र रुपन्देहीका खेम चौधरी तेश्रो हुदै कास्यमा चित्त बुझाए।

यसैगरि ८० केजी तौल समुहमा रुपन्देहीका चन्द्रमान श्रेष्ठले स्वर्ण पदक जितेका छन्। काठमाडौका कृष्ण महर्जन दोस्रो हुदै रजत तथा कास्कीका विनय परियार तेश्रो हुदै कास्यमा चित्त बुझाए।

प्रतियोगिताको ८० प्लस केजी तौलसमुहमा काठमाण्डौका नरेश मालाकार प्रथम हुदै स्वर्ण हात पारेका छन्। बाँकेका सुनिल कुमार भाट दोस्रो हुदै रजत तथा रुपन्देहीका विष्णु निषादले कास्यमा चित्त बुझाएका छन्।

सात स्वर्णका लागि ५५ केजी देखि ८५ केजी प्लससम्मका ७ इभेन्टमा देशभरिकाबाट ४० जना खेलाडीले भाग लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell