PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

झोलाभित्र ५० केजी गाँजा, दुई महिलासहित १० जना पक्राउ

झोलाभित्र ५० केजी गाँजा, दुई महिलासहित १० जना पक्राउ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः प्रहरीले अवैध लागू ‌औषधको कारोबार गर्ने दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबामार्गको टोलीले मंगलबार दिउँसो लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सिन्धुली मरिण गाउँपालिका ४ घर भएका देवकुमार घिसिङ र पदमबहादुर श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी असोज सिंहले जानकारी दिए।

धादिङबाट ल्याएको गाँजा उनीहरूले दुईवटा झोलामा ८ वटा पोको बनाएर बिक्री वितरण गर्न लाग्दै गर्दा नियन्त्रणमा लिएको थियो। 'गाँजा कसबाट र कहाँ बिक्री गर्न लागेको भने खुलेको छैन। हामी थप अनुसन्धान गरिरहेका छौँ,' एसपी सिंहले भने।

त्यस्तै प्रहरीले बौद्ध, थानकोटबाट लागूऔषधको कारोबार गर्ने अन्य आठ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जना महिलासमेत रहेका छन्। उनीहरूले भारतबाट लागू औषध ल्याएर नेपालमा बिक्री गर्ने गरेको खुलेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell