PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वीरमा प्रहरीले ताल्चा फोडेर टिकट कटाएपछि आन्दोलित डाक्टरले अस्पतालबाहिरै जाँचे बिरामी, दर्जन फोटोमा हेर्नुस्

वीरमा प्रहरीले ताल्चा फोडेर टिकट कटाएपछि आन्दोलित डाक्टरले अस्पतालबाहिरै जाँचे बिरामी, दर्जन फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: कर्मचारी समायोजन विधेयकविरुद्ध पाँच दिनदेखि आन्दोलनरत चिकित्सकहरुले आजबाट काम थालेका छन्। बिरामीहरुलाई मर्का परेपछि उनीहरुले आफ्नो संगठनको कागजमा अस्पताल बाहिर सेवा दिएका छन्।

बुधबार बिहान बिरामीहरु मर्कामा परेपछि प्रहरीले वीर अस्पतालमा लगाइएको ताल्चा खोलेर प्रहरीले टिकट कटाएको थियो। सरकारी चिकित्सक संघका अध्यक्ष दीपेन्द्र पाण्डेले भने प्रहरीले उपचारका लागि टिकट कटाए पनि चिकित्सकहरु अस्पतालभित्र उपचार गर्न तयार नरहेको बताए।

प्रहरीले जबर्जस्ती गरेका कारण झडपको स्थिति सिर्जना भएको पाण्डेले जानकारी दिए। भने, 'हामी सरकारी कागजातको आधारमा उपचार गर्दैनौं। बरु अस्पताल बाहिर आफ्नो संगठनको कागजात प्रयोग गरेर उपचार गरिरहेका छौँ।'



ट्रेन्डिङ पोस्ट

Ncell