PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकारी डाक्टरले आन्दोलन थालेपछि बिरामीको बेहाल, हेर्नुस् १५ फोटोमा

सरकारी डाक्टरले आन्दोलन थालेपछि बिरामीको बेहाल, हेर्नुस् १५ फोटोमा

रोजन श्रेष्ठ/पहिलोपोस्ट


सरकारी चिकित्सकहरुको आन्दोलनका कारण देशभरका सरकारी अस्पतालमा बिरामीहरु मर्कामा परेका छन्। कर्मचारी समायोजन विधेयकविरुद्ध विगत तीन दिनदेखि आन्दोलनरत चिकित्सकहरुका कारण उपचार गराउन अस्पताल पुगेका बिरामीहरु उपचार नगरी फर्कन बाध्य भएका छन्।

गएको चार महिनामा चिकित्सकहरुको यो तेस्रो पटकको आन्दोलन हो। सरकारले सहमति गरे पनि कार्यन्वयन नगरेको भन्दै उनीहरु पटक पटक आन्दोलन गरिरहेका छन्। यो पटक उनीहरुले आन्दोलनको पहिलो चरणमै  आकस्मिक बाहेकका अन्य सेवा ठप्प पारेका छन्।

नयाँ संगठन संरचना अनुसार कर्मचारी समायोजन गर्दा चिकित्सकका सबै दरबन्दी केन्द्रमा राखेर देशभर काममा खटाइनु पर्ने उनीहरुको माग छ। माग पुरा नगरे सामुहिक राजीनामा दिने चेतावनीसमेत उनीहरुले दिएका छन्। 

यही मेसोमा पहिलोपोस्टका रोजन श्रेष्ठले वीर अस्पताल पुगेर कैद गरेका केही दृश्यहरु:



ट्रेन्डिङ पोस्ट

Ncell