PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कारागार तोडेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ



कारागार तोडेर फरार अभियुक्त १४ वर्षपछि पक्राउ

कैलालीः कर्तव्य ज्यान मुद्दामा थुनामा परेको केही समयमै करागार फोडेर फरार भएका अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका वडा १० बस्ने लाटु भन्ने सहदेव राना पक्राउ परेका हुन्।

राना २०६१ माघ २७ गते कारागार कार्यालय धनगढीबाट कारागार तोडफोड गरी फरार भएका थिए। उनलाई बुधवार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर १० घुईयाँघाटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई थप कैद भुक्तानका लागी कैलाली कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell