PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वर्किङ भिसा भन्दै भिजिट भिसामा बिदेश पठाएर ठगी गर्ने पक्राउ



वर्किङ भिसा भन्दै भिजिट भिसामा बिदेश पठाएर ठगी गर्ने पक्राउ

काठमाडौं: ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको पिंगलास्थानमा रहेको कम्पास रिक्रूटमेन्ट मेनपावरमा काम गर्ने बिमला थापालाई पक्राउ गरेको हो।

वैदेशिक रोजगारका लागि बिदेसिएकालाई ठगी गरेको उजुरी परेपछि थापालाई पक्राउ गरिएको महाशाखाका एसएसपी धिरजप्रताव सिंहले जनाए। विभिन्न व्यक्तिहरुलाई वर्किङ भिसामा विदेश पठाउने भनी २ लाख ४० हजार रुपैयाँसम्म रकम लिई भिजिट भिसामा विदेश पठाउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको हो।

धनुषा मिथिला बहारी नगरपालिकाका मोहम्मद गुलाम राइन र सविर राइले थापाविरुद्ध उजुरी दिएका थिए।

थापाले वर्किङ भिसामा दुबई पठाई दिने भनी ४ लाख ४० हजार रुपैयाँ लिएको र चैत ११ गते त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवामार्फत दुबई पठाउन लाग्दा अध्यागमनले फिर्ता गराएपछि राइन र राईले उजुरी दिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell