PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बाफलको पुलमुनि शव फेला, अनुसन्धानका लागि कुकुर मगाइयो



पहिलोपोस्ट

बाफलको पुलमुनि शव फेला, अनुसन्धानका लागि कुकुर मगाइयो

काठमाडौँः काठमाडौँको बाफल पुलमुनि शव फेला परेको छ। मंगलबार बिहान करिब ८ बजे शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान भएको छैन।

अन्दाजी  २५/२६ वर्षीय युवकको पेटमा सिसाको बोतलले प्रहार गरेको देखिएको छ।

केही समयदेखि उक्त क्षेत्रमा मागेर खाने, मानसिक अवस्था ठीक नभएका युवकको शव भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

'मृतकको मानसिक अवस्था ठीक नभएको र केही समयदेखि सडकमा नै सुत्ने खाने गरेको देखिएको छ' बोगटीले भने।

स्थानीयले प्रहरीलाई दिएको जानकारी अनुसार उनीसँग अर्का एक युवक पनि सँगै बस्ने गर्थे। कहिलेकाहिँ झगडा गर्ने समेत गरेको स्थानीयले प्रहरीलाई बताएका छन्।

अर्का युवा भने फरार रहेका छन्। 'फरार भनिएको युवक पनि मानसिक अवस्था गुमेका व्यक्ति हुन्। हामी खोजी गरिरहेका छौँ' डिएसपी बोगटीले भने।

घटनाको अनुसन्धान गर्ने प्रहरीले तालिमप्राप्त कुकुर र चिकित्सकको टोली मगाएको बोगटीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell