PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दाईको २३ लाख रुपैयाँ फुत्काउन अपहरणको नाटक, लुकेर बसेका धामी यसरी परे प्रहरीको फन्दामा



दाईको २३ लाख रुपैयाँ फुत्काउन अपहरणको नाटक, लुकेर बसेका धामी यसरी परे प्रहरीको फन्दामा

काठमाडौं: अपहरणको नाटक गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। २६ वर्षीय जयभान सिंह धामीलाई महानगरीय अपराध महाशाखाको टोलीले गत शनिबार पक्राउ गरेको हो।

दार्चुला नौगाड गाँउपालिका वडा ६ बस्ने सिंहले अपहरणको नाटक गरेर आफ्नो परिवारबाट फिरौती मागेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। 'अपहरणको नाटक गरेको देखियो। दाईसँग पैसा माग्न यस्तो गरेको बुझिएको छ।'

गत बिहीबार धामीका दाजुले आफ्नो भाई अपहरणमा परेको र २३ लाख रुपैयाँ फिरौती मागेको जानकारी दिएपछि प्रहरीले खोजी शुरु गरेको थियो। तीन दिनसम्म खोजी गरेपछि प्रहरीले शनिबार चाबहिलमा कोठाभित्र लुकिसकेको अवस्थामा फेला पारेको एसएसपी सिंहले जानकारी दिए।' तीन दिनसम्म खोजी गर्दा कोठाभित्र लुकेर बसेको भेटिएको हो।'

जयभानले साथीसँग लिएको ऋण तिर्नको लागि अपहरणको नाटक गरेको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell