PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पत्रकारको नाममा ठगी, परे प्रहरी फन्दामा



पहिलोपोस्ट

पत्रकारको नाममा ठगी, परे प्रहरी फन्दामा

काठमाडौं : ठगी गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय दाङको टोलीले बुधवार बाँके र दाङको सीमा क्षेत्रबाट महेश भन्ने भुवन धिताललाई नियन्त्रणमा लिएको एसपी बेलबहादुर पाण्डेले जानकारी दिएका छन्।

धितालले शैक्षिक स्तर कम भएका,  एकल, श्रीमान् विदेश भएका महिलालाई समूहमा बसेर पैसा उठाउने र लगाउने गर्यो भने राम्रो कमाई हुन्छ भनी ढुकुटी खेलाई सुरुमा केही रकम लगानी गर्ने र त्यसपछि खाली चेकमा हस्ताक्षर मात्र गरेर लिने गरेको अनुसन्धानमा खुलेको छ। 

उनले मनोमानी ढङ्गले रकम, मिति लेखेर चेक काट्दै आएका थिए। ठगी भएको थाहा पाएपछि उनीसँग रकम माग गर्दा 'बेइज्जत गर्छु, म पत्रकार पनि हुँ, पत्रिकामा छपाइ दिन्छु,' भन्दै धम्क्याउँदै आएका थिए। उनले आफ्नो पहुँच माथिसम्म छ भन्दै डरत्रास देखाई छत्तिस प्रतिशतका दरले व्याज असुल गरेको समेत फेला परेको छ। विभिन्न बहाना, प्रलोभन देखाई ब्ल्याकमेल गरी शारीरिक शोषण समेत गर्ने गरेको प्रहरीमा उजुरी परेको प्रहरीले जनाएको छ। धिताल २०६० वैशाख महिनामा वैदेशिक रोजगारको सिलसिलामा मलेसिया गएको र करिब ३ वर्ष काम गरेर फर्किएको देखिएको छ।

जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell