PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

स्मार्टफोन चलाउनेहरु थकित हुन्छन् जसले गर्दा काममा भने घाटा: अध्ययन



स्मार्टफोन चलाउनेहरु थकित हुन्छन् जसले गर्दा काममा भने घाटा: अध्ययन
फाइल फोटो

सिड्नी: स्मार्टफोन कत्तिको चलाउनुहुन्छ? यदि चलाउँदै आउनु भएको हो भने यसले तपाईको दैनिक कामहरुमा असर पर्ने देखाएको छ। हालै अस्ट्रेलियामा गरेको अध्ययनले मोबाइल फोन चलाउँदा थकान अनुभव हुने र दैनिक कामकाजमा ह्रास आउने निष्कर्ष निकालेको हो।

अस्ट्रेलियमा रहेको क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीले ७०९ जना मोबाइल प्रयोगकर्तामा यसको असरबारे प्रश्न सोधिएको थियो।

१३ वर्षअघि पनि युनिभर्सिटीले सोही प्रकृतिको अध्ययन गरेको थियो।

स्मार्टफोन चलाउनेहरु कम सुत्ने, काममा क्षमता कम प्रदर्शन गर्ने, सवारी साधन चलाउँदा कम ध्यान दिने र विभिन्न किसिमका पीडाहरु आइपर्ने निष्कर्ष अध्ययनको रहेको छ।

अनुसन्धानमा नेतृत्व सम्हालेका डा ओस्कर ओभिइडोले २४ प्रतिशत महिला र १५ प्रतिशत पुरुषमा स्मार्ट फोन चलाउने खराब लत बसेकोसमेत अनुसन्धानबाट पत्ता लागेको बताएका छन्।

'रातको समयमा फोन चलाएपनि यसले दिनको काममा प्रत्यक्ष असर पार्ने देखियो। सुताई कम भएकै कारण यस्तो भएको यो अध्ययनको ठहर छ,' डा ओभिइडोले भने।

मोबाइल फोन प्रयोगकर्तामा विभिन्न किसिमका समस्या आउने गरेको र सवारी साधन चलाउँदासमेत स्मार्टफोन चलाउने गरेको उल्लेख गर्दै अध्ययनले यस्तो विषयमा गम्भीर ध्यान दिनसमेत सुझाव दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell