PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रमुख निर्वाचन आयुक्त यादवले लिए अवकाश, कार्यवाहकको जिम्मा आयुक्त शर्मालाई



प्रमुख निर्वाचन आयुक्त यादवले लिए अवकाश, कार्यवाहकको जिम्मा आयुक्त शर्मालाई
फाइल फोटो

काठमाडौं: प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आईतबारबाट अवकाश लिएका छन्। 

२०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रहेका प्रमुख निर्वाचन आयुक्त यादवले कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आईतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ। 

विदाई समारोहमा अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिनाभित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए। उनले लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास पनि व्यक्त गरे।

अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरे। आम निर्वाचन लगायतका सबै निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न निर्वाचन कानुनमै निर्वाचनको मितिसहितको कार्यतालिका तय हुनुपर्ने उनको तर्क छ। यादवले विभिन्न तहका लागि गर्नुपर्ने उपनिर्वाचनको काममा पनि ढिलाई नगर्न सरकारको ध्यानाकर्षण गराए।

उनले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पहिलो पटक २०६३ सालमा पाएका थिए। यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell