PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस र कमल थापालाई प्रधानमन्त्री ओलीको चेतावनी: राजतन्त्र-राजतन्त्र भनेर फट्याकफट्याक नगर्नु, रगत बगाएर ल्याएको हो गणतन्त्र



कांग्रेस र कमल थापालाई प्रधानमन्त्री ओलीको चेतावनी: राजतन्त्र-राजतन्त्र भनेर फट्याकफट्याक नगर्नु, रगत बगाएर ल्याएको हो गणतन्त्र

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राप्रपा र नेपाली कांग्रेसका केही नेताहरुले राजतन्त्रको पक्षमा जनमत संग्रह गर्नुपर्छ भन्दै आफै रैती बन्न माग गर्दै हिँडेको आरोप लगाएका छन्।

आज संघीय संसदको चालू अधिवेशनको अन्तिम दिन संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले फालिएका राजतन्त्रबारे जनमत संग्रहको माग गर्दै फेरी लगाएर हिँडेको आरोप लगाएका हुन्। कांग्रेसका महामन्त्री शशांक कोइरालाले राजतन्त्रबारे जनमत संग्रह गर्न सकिने बताउँदै आएका छन् भने राप्रपा अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको पक्षमा आवाज उठाउँदै आएका छन्।

यसबारे प्रधानमन्त्रीले भने, 'आफुलाई लोकतान्त्रिक भन्ने मित्रहरुबाटै जनमत संग्रहका कुरा सुने। कोही अहिले पनि फालिएको राजतन्त्रको पक्षमा जनमत संग्रह गर्नुपर्छ भनेर हिडँदा अचम्म लाग्छ। जोगीले फेरी लगाउँछ नि। फेरी लगाएर हिँड्याछ। अढाइ सय वर्ष पहिले कुनै विश्वविद्यालय थिएनन् होला। गोर्खाका घलेहरुले बुझेका थिए कुदेर प्रथम हुनुपर्छ। जन्मसिद्ध कोही पनि हुँदैनन्।'

रैती हुन पाउँ भनी विन्ति बिसाएको देख्दा आफुलाई अचम्म लागेको प्रधानमन्त्री ओलीले बताए, 'सचेत विश्वविद्यालय पढेकाहरु नागरिक भएकामा गर्व गर्न नसक्ने। रैतान हुन पाउँ भन्दै बिन्ति चढाएर हिँड्छन्।'

नेपालमा प्रतिगमनको कुनै सम्भावना नभएको दाबी गर्दै प्रम ओलीले भने,  'यो रगत बगाएर ल्याएको गणतन्त्र हो भिक्षामा पाएको होइन। यसको रक्षा नेपालीले गर्छ। राजतन्त्र राजतन्त्र भनेर फट्याकफट्याक नगर्न म जनताको पक्षबाट आग्रह गर्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell