PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

आइपीएल : सन्दीपको टिम दिल्ली क्यापिटल्सले आज मुम्बई इन्डियन्ससँग खेल्दै



पहिलोपोस्ट

आइपीएल : सन्दीपको टिम दिल्ली क्यापिटल्सले आज मुम्बई इन्डियन्ससँग खेल्दै

काठमाडौँ : इन्डियन प्रिमियर लिग आइपीएल २०१९ अन्तर्गत आज दुई खेल हुँदैछन्। आइपीएलको १२औँ संस्करण हिजोबाट भारतमा सुरु भइसकेको छ र पहिलो खेलमा साविक विजेता चेन्नाईले रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले हराएको थियो।

आज हुने खेलले भने नेपाली दर्शक र क्रिकेट समर्थकको ध्यान तान्ने पक्का छ। किनकी नेपाली लेग स्पिनर, यो गुग्ली ब्वाए सन्दीप लामिछाने रहेको टिम दिल्ली क्यापिटल्सले आज ३ पटको च्याम्पियन मुम्बई इन्डियन्ससँग खेल्दैछ।

अहिलेसम्म उपाधि जित्न नसकेको र पछिल्लो सिजन खराब प्रदर्शन गरेको दिल्ली यस पटक पराना र नयाँ खेलाडीको मिश्रणमा उत्कृष्ट सुरुवात गर्ने योजनामा छ।

सन्दीपले गत सिजन दिल्लीका लागि ३ खेल खेल्दै ५ विकेट लिएका थिए। सुरुवाती खेलहरुमा मौका नपाएका सन्दीपले दिल्ली प्लेअहफ होडबाट बाहिरिसकेपछि ३ खेल खेल्न पाएका हुन्। जहाँ उनले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिएका थिए।

त्यसपछि एक वर्षको अवधीमा सन्दीपले अष्ट्रेलियन बिग बास लिग देखि पाकिस्तान सुपर लिग सम्म खेलिसकेका छन्। बिग बास लिगमा सन्दीपको टिम मेलवर्न स्टार्स उपविजेता बनेको थियो।

यस पटक सन्दीपले दिल्लीका लागि सुरुवातबाटै खेल्न पाउने अपेक्षा गरिएको छ। विश्व विख्यात पूर्व खेलाडीहरुले पनि सन्दीप दिल्लीका लागि एक्स-फ्याक्टर खेलाडीको रुपमा व्याख्या गरिरहेका छन्।

दिल्लीको प्रशिक्षक रहेका अष्ट्रेलियन पूर्व कप्तान रिक्की पोन्टिङ पनि सन्दीप र उनको प्रदर्शन बारे जानकार छन्।

यस पटक दिल्लीमा सन्दीपसहित भेट्र्न अमित मिश्रा, अक्सर पटेल, राहुल तेवाटिया जस्ता स्पिनर छन्। यस्तै विदेशी खेलाडीमा पनि ट्रेन्ट बोल्ड, खगिसो रवाडा, क्रिस मोरिस जस्ता बलरहरु छन्।

यसैगरी कलिन मुनरो, कलिन इनग्राम जस्ता ब्याट्सम्यान पनि दिल्लीको टोलीमा छ।

आइपीएलमा पहिलो रोजाईमा ४ मात्र विदेशी खेलाडी खेल्न पाउनेछन्।

दिल्ली र मुम्बईबीचको खेल नेपाली समयअनुसार आज बेलुका ८:१५ बजे सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell