PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार, यस्तो छ 'हेल्थ अपडेट'



कांग्रेस नेता सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार, यस्तो छ 'हेल्थ अपडेट'
फाइल फोटो

काठमाडौं: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको स्वास्थ्यमा क्रमिक सुधार देखिएको अस्पतालले जनाएको छ।

नेता सिटौला स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान राजधानीस्थित ह्यम्स अस्पतालमा भर्ना भएका हुन्।

अस्पतालले आज नेता सिटौलाको स्वास्थ्यबारे विज्ञप्ति निकाल्दै भनेको छ, 'आन्द्राबाट भएको रक्तश्राव र त्यसबाट उत्पन्न रक्तअल्पताको उपचार आइसीयूमा राखेर हुँदैछ। उहाँको स्वास्थ्यमा अहिले क्रमिक सुधार छ।'

आजै सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको उनका स्वकीय सचिव प्रेम भट्टराईले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell