PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या, दुबै १३ वर्षका



दुई किशोरीद्वारा झुण्डिएर आत्महत्या, दुबै १३ वर्षका
प्रतीकात्मक फोटो

गौशाला: महोत्तरी जिल्लामा शनिबार दुई किशोरीले झुण्डिएर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीकाअनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया साङ्ग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका छन्। 

साङ्ग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पङ्खामा र कञ्चनले घरभन्दा २०० मिटर पर रहेको आँपको रुखमा सलको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कार्कीले बताए। दुई किशोरी एकै दिन किन, के–कति कारणले झुण्डिएर आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ भने दुवै किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जनाइएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell