PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अनियन्त्रित माइक्रोबसको ठक्करले १३ वर्षे पैदलयात्रीको घटनास्थलमै मृत्यु



अनियन्त्रित माइक्रोबसको ठक्करले १३ वर्षे  पैदलयात्रीको घटनास्थलमै मृत्यु

उर्लाबारी: मोरङको सुन्दरहरैंचा नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान माइक्रोबसको ठक्करबाट एक बालकको घटनास्थलमै मृत्यु भएको छ। 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा५ख ३५४ नंको हायस माइक्रोबस आफैँ अनियन्त्रित भई सडक किनारको पिपलको रुखमा ठोक्किँदा पैदलयात्री सुनसरी, धरान उपमहानगरपालिका बस्ने १३ वर्षीय सबिन मक्रान्तीलाई ठक्कर दिएको थियो। माइक्रोबसको ठक्करबाट मक्रान्तीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए। 

दुर्घटनामा माइक्रोबसका सहचालक मोरङ, उर्लाबारी नगरपालिका बस्ने २२ वर्षीय सचिन परियार गम्भीर घाइते भएकाले उनको विराट नर्सिङहोम विराटनगरमा उपचार भइरहेको छ। चालक पथरी शनिश्चरे नगरपालिका–९ बस्ने २९ वर्षीय रमेश बस्नेत सामान्य घाइते भएकाले उनको बेलवारीस्थित नोबेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। माइक्रोबसमा चालक र सहचालक मात्र सवार रहेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell