PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

७९ औं राष्ट्रिय दिवस मनाउँदै पाकिस्तान 



७९ औं राष्ट्रिय दिवस मनाउँदै पाकिस्तान 

काठमाडौं: पाकिस्तानको ७९ औं राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित नेपाली दूतावासले कार्यक्रम गरेको छ।
 
आज दूतावास परिसरमा पाकिस्तानका राजदूत डा महजर जावेदले पाकिस्तानको झण्डोत्तलन गरे। 

आफ्नो राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आजको पाकिस्तान नयाँ पाकिस्तान भएको र आर्थिक सामाजिक विकासको गतिमा अगाडि बढेको बताएका छन्। 

दिवसको अवसरमा प्रधानमन्त्री खानले जारी गरेको सन्देशमा पाकिस्तानले सबै छिमेकीसँग शान्तिपूर्ण तथा मित्रवत सम्बन्ध चाहेको बताएका छन्। उनले सबै छिमेकीसँग सहअस्तित्व र समानताको सिद्धान्तका आधारमा सम्बन्ध चाहेको बताएका हुन्। 

उनले सबै देशसँग मिलेर यस क्षेत्रको गरिवी निवारण गर्न पाकिस्तानले चाहेको बताएका छन्। पछिल्लो समय भारतसँगको सम्बन्ध कठिन मोडमा रहेको बेला पाकिस्तानी प्रधानमन्त्री खानले आफ्नो शान्ति प्रतिको चाहनालाई कमजोरीको रुपमा नलिन चेतावनी दिँदै देशको सुरक्षाका लागि सबै प्रकारका कदम चाल्ने अधिकार पाकिस्तानसँग निहित रहेको बताए। 

उनले पछिल्लो समय भारतको गतिविधि विश्वले नियालिरहेको भन्दै यससँग जुध्नका लागि पाकिस्तान हिजोभन्दा सक्षम र बलियो रहेकोसमेत बताएका छन्। प्रधानमन्त्री खानले कास्मिरीहरु भारतीय ज्यादतीका सिकार भएको भन्दै यसको समाधान गर्न पाकिस्तानले राजनीतिक कुटनीतिक तथा नैतिक समर्थन चाहेको बताएका छन्। 

दूतावासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री खान र पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीको सन्देश पढेर सुनाइएको थियो।
 
पाकिस्तानले आफ्नो राष्ट्रिय दिवसको अवसरमा आजै साँझ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आथित्यमा कार्यक्रमसमेत आयोजना गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell