PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रकको ठक्करबाट अर्का ट्रक चालकको मृत्यु



ट्रकको ठक्करबाट अर्का ट्रक चालकको मृत्यु
प्रतीकात्मक फोटो

दमौलीःपृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडक खण्डमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ८ ख ३५२७ नं को ट्रकको ठक्करबाट ब्यास नगरपालिका–१२ घाँसी कुवामा बिग्रिएर बनाउन राखेको ट्रकलाई ठक्कर दिँदा चितवन टाँडीका सन्तोष राईको घटनास्थलमै मृत्यु भएको हो। 

ट्रकको ठक्करबाट ठेगाना नखुलेका किरण राई घाइते भएका छन्। उनको दुवै खट्टा र शरीरको विभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। उनलाई थप उपचारका लागि पोखरा पठाइएको छ। 

बिग्रिएर बनाउन लागेको ना १ ख ६१६२ नं को ट्रकलाई ना ८ ख ३५२७ नं को ट्रकले ठक्कर दिँदा ट्रक चालक राईको मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। उक्त ट्रकले सोही ठाउँमा बा १८ च ७७८७ नं को हाइलक्स र ग १६ प ११७५ नं को स्कुटरलाई समेत ठक्कर दिएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell