PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्ष जेल सजाय



पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्ष जेल सजाय
फोटो:The Tico Times

पानामा सिटीः पानामाका पूर्व राष्ट्रपति रिकार्डो मार्टिनेल्लीलाई २१ वर्षको जेल सजायको फैसला सुनाइएको छ।

गोप्य सुचनाहरु चुहाएको, शक्तिको दुरुपयोग गरेको, राजनीतिज्ञ, पत्रकार, व्यापारी, व्यवसायी लगायतसँग गलत सम्वन्ध राखेको अभियोग उनीमाथि लगाइएको थियो।  

अभियोग लगाउने पक्षका वकिल रिकार्ट गोन्जालेजले सन् २००९ देखि २०१४ सम्म राष्ट्रपति हुँदा उनले एउटा छुट्टै निकाय बनाएर त्यसमार्फत् अनियमितता गरेको पाइएको बताए।

उनीसँगै अरु १५० जनालाई पनि यही अभियोग लगाइएको छ। तर उनीहरुका बारेमा अदालतले अहिलेसम्म कुनै आदेश दिएको छैन। रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell