PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुई तल्ले बसमा आगो लाग्दा चीनमा २६ जनाकाे मृत्यु



दुई तल्ले बसमा आगो लाग्दा चीनमा २६ जनाकाे मृत्यु
फोटो: PDC

हुनान: चीनको हुनान प्रान्तमा दुई तल्ले बसमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको छ।

घटनामा २८ जना घाइते भएको र ५ जनाको अवस्था निकै गम्भीर रहेको बताइएको छ। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

चंगशह चंगडे एक्सप्रेसमा गुडिरहेको बसमा शुक्रवार साँझ भए उक्त घटना पछि सो क्षेत्रमा सवारी आवगमन ठप्प भएको थियो।

प्रहरीले बसका दुई चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell